प्रस, वीरगंज, ४ जेठ/
रोटरी क्लब अफ वीरगंजले वीरगंज महानगरपालिकालाई करीब दश लाख मूल्यबराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
रोटरीका सचिव सोहन पोद्दारले पाँच थान अक्सिजन कन्सेनट्रेटर्स, तीन सय थान डाक्टर गाउन, तीन थान सुई नष्ट गर्ने विद्युतीय मेशिन, स्लाइनपानी झुन्ड्याउने स्टेन्ड पाँच थान र एक थान हाइफ्लो अक्सिजन क्यानुला मेशिन नगरप्रमुख विजयकुमार सरावगीलाई हस्तान्तरण गरेको रोटरीका अध्यक्ष अरबिन्द खेतानले बताए । सो अवसरमा एमाले नेता सुन्दर कुर्मीलगायतको सहभागिता थियो ।