प्रस, पंचगावाँ, ४ वैशाख/
सखुवाप्रसौनी गाउँपालिका-४ देउरवानामा मलको विषयलाई लिएर विवाद भएको समाचार छ ।

स्थानीय बेराहिम देवानले सोही वडामा रहेको फिजा कृषि सहकारी संस्थाले मल, बीउबिजन बढी मूल्यमा बिक्री गर्दा भनाभन परेको बताए । उनले आफूले डिएपी, युरिया र धानको बीउको मोल सोध्दा संस्थाका जुल्फाकार अन्सारीले बढी मूल्य मागेको तर बिल माग गर्दा नदिएपछि भनाभन परेको बताए । उनले खरीद गरेको सामानको बिल नदिनुले मलखाद र बीउमा बढी मूल्य लिएको आरोप लगाए । उनले फिजा कृषि सहकारी संस्थाले डिएपी रु २३५०, युरिया रु ९०० र धानको बीउ प्रतिबोरा रु २८०० बताएको तर बिल दिन नमानेको आरोप लगाए ।

फिजा कृषि सहकारी संस्थाका जुल्फाकार अन्सारीले भने आरोपितले आफ्नो संस्थाबाट सामान खरीद नगरेको बताए ।
गापा उपाध्यक्ष फूलमतीदेवी चौधरीले यसबारे गुनासो आएको र सोबारे बुझेर कारबाई प्रक्रिया अगाडि बढाउने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here