प्रस, बिरुवागुठी, ४ जेठ/
सालको गुलिया काठसहित पक्राउ परेका पोखरिया नगरपालिका-९ सिमरबारीका हस्मोद्दीन देवानलाई वनकर्मीले इद मनाउनका लागि गोप्यरूपमा छाडेर पुनः नियन्त्रणमा लिएको समाचार छ ।
देवानलाई वैशाख २४ गते दुई थान सालको गुलिया काठसहित सबडिभिजन वन कार्यालय बडनिहारले पक्राउ गरेको थियो।
वैशाख ३१ गते शुक्रवार मुस्लिम समुदायको इद पर्व परेको कारण पक्राउ परेका देवानलाई वैशाख ३० गते छाडिएको र उनी इद मनाएर आपैंm जेठ १ गते शनिवार थुनामा आएको एकजना कर्मचारीले बताए । देवान यस क्षेत्रमा पेशेवर काठ तस्करको रूपमा चिनिन्छन् ।
यसबारे सबडिभिजन कार्यालय बडनिहारका कमान्डर रामाशिषप्रसाद कुर्मीसँग बुझ्दा उनले घटनाको ढाकछोप गर्दै आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
तर अर्का एकजना वनकर्मीले भने बिहीवार र शनिवार हाजिर हुन आउने शर्तमा छाडिएको दाबी गरेका छन् ।