प्रस, जीतपुर, ३ जेठ/
जीतपुरसिमरा उपमहानगरपालिकाको गाडी अवैध काठ ढुवानी गर्दा समातिएको छ । सशस्त्र प्रहरी रिजर्भ गण पिलुवा बाराका सशस्त्र प्रहरी उपरीक्षक मनोज थापाले सूचनाको आधारमा ना.१ ग ७६२ नम्बरको गाडी चेकजाँच गर्दा सोबाट अवैध काठ बरामद भएको बताए ।
गाडी जीतपुरसिमरा उपमहानगरपालिकाको भएको र सो गाडीका चालकले प्रारम्भिक बयानमा वडा नं ६ का अध्यक्ष केदारनाथ बजगाइँको आदेशमा काठ ढुवानी गरेको बताएका छन् ।