प्रस, वीरगंज, २ जेठ/
जिल्ला प्रहरी कार्यालय पर्साले सङ्क्रमित र सङ्क्रमणका कारण मृत्यु भएका परिवारसँग बढी भाडा असुल गरेको कसूरमा दुईजना एम्बुलेन्स चालकलाई पक्राउ गरी कार्यवाही शुरू गरेको छ ।

निर्धारित भाडादरभन्दा बढी लिएको उजूरीको आधारमा पर्सा प्रहरीले ना २ च ३२५६ र ना ३ च ८१९९ नं का एम्बुलेन्स चालक बहुदरमाई नपा-९ विश्रामपुर निवासी कमरुद्दिन रायभर र विन्दवासिनी गापा-१ निवासी वीरबल मुखियालाई पक्राउ गरेको जिप्रका पर्साले जनाएको छ ।

निजहरूविरुद्ध कालोबजारी सम्बन्धी कसूरमा मुद्दा चलाइएको सो कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here