प्रस, रक्सौल, १ जेठ/
रक्सौल बजारमा रहेका १३ वटा पसललाई लकडाउन उल्लङ्घनको आरोपमा सिल गरिएको छ ।

लकडाउनमा पसल सञ्चालनका लागि निर्धारण गरिएको मिति र समय उल्लङ्घन गरेर अटेर गरी पसल सञ्चालन गरेको भन्दै यहाँका आनन्द वस्त्रालय, गिरिजा वस्त्रालय, महारानी साडी शोरूम, परिवार/पिङ्की रेडिमेड, गीताञ्जली/सन्तोष शृङ्गार, वेलकम टेलर्स, दुर्गा कापी-पेन स्टोर, अनिल भाडा पसललगायत १३ वटा पसल सिल गरिएको स्थानीय प्रशासनले जानकारी गराएको छ ।

लकडाउनमा बजार निरीक्षण अनुगमनमा स्थानीय प्रहरी प्रशासनका रामदुलार राम, सन्तोष सिंह, सन्दीप सौरभ, विनय कुमार, आनन्द गौतम, शशिभूषण ठाकुरलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here