प्रस, वीरगंज, १ जेठ/
नारायणी अस्पताल वीरगंजमा शनिवार साँझसम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ ।
पर्साका तीनजना, बाराका दुईजना र रौतहटका एकजना गरी ६ जनाको मृत्यु भएको बताइएको छ । आज मृत्यु हुनेमा एकजना महिला र पाँचजना पुरुष छन् ।

यसैगरी बारागढी गाउँपालिका-२ दरदवा निवासी ४२ वर्षीय पुरुषको आज बिहान ११ः०५ बजे नारायणी अस्पताल वीरगंजमा मृत्यु भएको थियो । मृतक वैशाख २९ गते सङ्क्रमित पुष्टि भएपछि अस्पतालमा भर्ना भएको कोभिड संयोजक डा सरोजरोशन दासले बताए । यसैगरी रौतहट जिल्ला बङ्गुल निवासी ३५ वर्षीया महिलाको बिहान पौने १२ बजे मृत्यु भएको थियो । मृतक महिला वैशाख ३० गते अस्पताल भर्ना भएकी थिइन् ।

कालिकामाई गाउँपालिका-२ का ६५ वर्षीय पुरुषको आज बिहान साढे ८ बजे वीरगंज हेल्थ केयरमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले बताए । यसैगरी वीरगंज -१५ भिस्वा निवासी ६२ वर्षीय पुरुषको अपराह्न ४ बजे र बारा जिल्ला बेलहैया गापा-५ का २५ वर्षीय युवकको बिहान ६ बजे नारायणी अस्पतालमा मृत्यु भएको कोभिड संयोजक डा. दासले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here