भर्खरै चीन सरकारले दिएको केही थान अक्सिजन सिलिन्डर, केही थान भेन्टिलेर लिएर नेपालको ध्वजावाहक विमान फर्केको छ । सरकार आफू केही नगर्ने र दानमा, सित्तैमा जे पाए पनि लिने आजको मात्र कुरा होइन, केही लाख रुपियाँ वा हजार पनि कतैबाट पायो भने सगर्व हात पसारेर लिने सरकारी प्रवृत्तिले नेपाली जनताको शिर निहुरेको आज युगौं बितिसक्यो । सा¥है अप्ठ्यारो परेको बेला यसरी लिनुलाई आपत्तिजनक मान्न सकिन्न, तर अवसर हेरेर समय छँदै आफू केही नगर्ने र ४०० थान सिलिन्डर, १० थान भेन्टिलेटर लिन जहाज पठाउनुलाई नामर्दीकै उपमा दिन सकिन्छ । कोरोनाले एक्कासि आक्रमण गरेको होइन । एक वर्ष पहिले यसले रौद्ररूप देखाएको थियो । विज्ञहरूले यसको आगामी संस्करण अझ भयावह बन्ने पूर्वानुमान गरेकै थिए, तर सरकार र यस देशका प्रतिपक्ष्ँी दलहरू कुर्सीमा यति लहसिएका थिए कि जाबो सिलिन्डर बनाउने एउटा कारखाना स्थापित गर्न सकेनन् । कोरोनाको उपचारको क्रममा अक्सिजन अपरिहार्य वस्तु हो भनेर ठाउँ–ठाउँमा अक्सिजन प्लान्ट निर्माण गर्न तत्परता देखाएनन् । यिनको ध्याउन्न आफ्नो मानिस कुनै आयोगमा छिर्नुपर्ने, राजदूत बन्नुपर्ने, कमिशन बटुल्ने निकायमा पुग्नुपर्नेसम्म सीमित रह्यो ।

बुद्धि पु¥याएको भए कोरोनाको दोस्रो लहरलाई सीमा क्ष्ँेत्रमैं रोक्न सकिन्थ्यो । थाहा त थियो कि कोरोना भाइरसलाई नामेट पार्ने कुनै उपाय छैन, त्यस्तो बेला प्रतिकारमात्र उपाय हुन्छ, तर पनि नेपाल–भारत आवागमनमा सरकारले कडाइ त गरेन नै, छोटभैया राजनीतिज्ञहरूले त धर्ना कार्यक्रम नै चलाए, नेपाल–भारत आवागमनलाई निर्वाध पार्नका लागि । आजको सरकारको प्रवृत्ति सिक्न सके, भोलि सरकारमा पुग्न सजिलो हुने मानसिकता मात्र विकसित भयो । त्यसैले सीमा क्ष्ँेत्रमा बस्नेहरू सबै, के राजनीतिक दल र के नागरिक सीमा खुला गराउन जे उपाय हुन सक्छ गर्न तम्सिए । सरकारले पनि जनहितैषी भएको प्रमाण दिंदै ऐन त्यस बेला सीमा खुला ग¥यो, जब भारतमा दोस्रो लहरको कोरोनाले उत्पात मचाउन थालेको खबर आइरहेको थियो । सीमा नाका खुला गर्नु व्यावहारिक थियो होला तर मानव सुलभ सुविधायुक्त पर्याप्त क्वारेन्टिन स्थापना गर्न, त्यसको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी, परामर्शदाता र भोजनको प्रबन्ध गर्नेतिर कसैले ध्यान दिएन । नतीजा त्यही भयो, जुन हुनुपथ्र्यो, कोरोना एक्कासि सलहसरह आयो र सीमा क्ष्ँेत्रका नागरिक टपटप टिपेर गाँस बनाउन थाल्यो ।

दोस्रो लहरलगत्तै तेस्रो लहर पनि आउने स्वास्थ्य विशेषज्ञहरू बताइरहेका छन् । यो तेस्रो लहर झन् भयावह हुने पनि आकलन छ । अनि भतुवा सरकार, अबुझ नागरिकको के हविगत हुने ? सरकार भतुवा भए पनि त्यहाँ बसेकासँग साधन छ, सुविधा छ, बैंकक, सि·ापुर गएर पनि उपचार गराउलान्, नागरिक नि ! यहाँ त अस्पतालहरूमा शøया छैन, शøया भएपनि अक्सिजन छैन, चिकित्सकहरू छैनन्, बेलाबेला परीक्ष्ँण गर्नुपर्ने एक्सरे मेशिनहरू बिग्रेका छन् । यो कस्तो सरकार हो जसले सैनिकलाई खिया लागेको बन्दूक भिराएर युद्धमा पठाउँछ । युद्ध गर्न तम्सिन्छ तर सरसामान केही छैन। वीरगंजको एकमात्र सरकारी अस्पतालमा एक्सरे मेशिन बिग्रनुमा को दोषी ? त्यस्तालाई घोक्रेठ्याक लगाएर लत्याउँदै किन पदच्युत गर्न सकिंदैन ? यी कुरा भन्नु वा लेख्नु मनको बह पोख्नुमात्र हो । सरकार, राजनैतिक दलहरू र राजनीति गर्नेहरू गैरजिम्मेदार भएपछि यो अरण्यरोदन मात्र हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here