प्रस, वीरगंज, २१ वैशाख/

                पर्सा जिल्लामा निषेधाज्ञा अवधि बढाइएको छ। मङ्गलवार बसेको कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा अवधि एक साताको लागि बढाउन सिफारिश गरे अनुसार जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले निषेधाज्ञा अवधि एक साताको लागि बढाएका हुन्। वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते बेलुकी १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएकोमा सङ्क्रमण र मृत्यु दर बढेको कारण केन्द्रले एक साताको लागि निषेधाज्ञा बढाउन सिफारिश गरेको थियो।

                जिल्ला प्रशासन कार्यालय, पर्साले अब वैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा अवधि बढाइएको जनाएको छ।

                यसैगरी आज बसेको केन्द्रको बैठकले अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा आपूर्ति नगर्न निर्देशन गरेको छ। उद्योगको अक्सिजनको उत्पादन, भण्डारण र बिक्री वितरणको दैनिक अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ। यसैगरी, वीरगंज महानगरपालिकालाई सय शय्याको कोभिड अस्थायी विशेष अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ भने सय शय्याको आइसोलेशन सञ्चालनमा ल्याउन सुझाव दिइएको छ। परीक्ष्Fण दायरा बढाउन वीरगंज महानगरपालिकाले उपयुक्त स्थानमा स्वाब सङ्कलन केन्द्र स्थापना गरी स्वाब सङ्कलन गर्न र सोको परीक्ष्Fण नारायणी अस्पतालमा गराउने आग्रह गरिएको छ।

                नारायणी अस्पतालमा दुईजना कर्मचारीलाई सङ्क्रमितको उपचारमा खटाउन चार महीना अवधिको करारमा नियुक्त गर्न सिफारिश गरिएको छ।

1 COMMENT

  1. पर्सामा निषेधाज्ञा ——–
    पर्सा जिल्ला भनेको मेरो बुझाइमा पावर हाउस चौक देखि बिरगंज भन्सार सम्म जस्तो मात्र लाग्यो। अन्यत्र त साबिककै दिन झै मान्छेहरूको चहल कदमी देखिरहेकै छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here