प्रस, जलेश्वर, २१ वैशाख/

                महोत्तरी जिल्लासँग जोडिएको सीमानाकाबाट निर्वाध आवतजावत भइरहेको छ।

                अहिलेको अवस्थामा भारतबाट आउने जोकोहीलाई पनि सीमामा सञ्चालित हेल्थ डेस्कमा अनिवार्य जाँच गर्नुपर्ने र आवश्यक परे होल्डिङ सेन्टरमा राख्नुपर्ने व्यवस्था रहे पनि सीमानाकामा कोही कसैलाई कुनै पनि जाँचसम्म गरिएको छैन।

                जिल्लाको भिठ्ठामोड, मटिहानी, सम्सी, रघुनाथपुर, कट्टीकटैया, बथनाहा, मरूवाही, चौरिया, पर्सापतैली, मसुरपट्टीसहितका नाकामा खुलेआम नेपाल–भारतका नागरिक आवागमन गरिरहेका छन्।

                महोत्तरीमा ४५ किलोमिटर भारतसँगको खुला सिमाना छ। जिल्लामा तीनवटा भन्सार नाका र आठवटा खुला गरी ११ वटा आउजाउ गर्ने बाटो छन्। यद्यपि कुनै पनि स्थानबाट नेपाल भारत आउजाउ गर्ने कसैलाई पनि कुनै स्वास्थ्य मापदण्डको पालना गराइएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here