प्रस, जलेश्वर, २० वैशाख/

                जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।

                जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाका १० नगरपालिका र पाँच गाउँँपालिकामा  वैशाख २२ गते बिहान ६ देखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

                प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा जिल्लामा १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ। बैठकले जिल्लाका १५ वटै पालिकालाई आक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्न, आवश्यक स्वास्थ्य सामग्री खरीद गर्न, सबै अस्पताल सञ्चालन गर्न, कार्यालय तथा व्यापार व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूरा गर्न निर्देशनहरूसमेत जारी गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here