आज कोरोनाले भटाभट मानिसको ज्यान लिंदैछ। सङ्क्रमणको कारण रोगीका फोक्सोले भरपूर आक्सिजन पाइरहेको छैन। भारतमा अवस्था यस्तो छ कि आक्सिजनको सिलिन्डर खोजेर पनि पाइरहेको छैन। धेरैजसो रोगी आक्सिजन नपाएर मर्दैछन्। केही घरेलु उपाय छन्, जसले यस सङ्कटको बेलामा हामीलाई मदत गर्छ। प्रकृतिले दिएको यी तरकारी तथा फलफूल सेवन गरेर घरमैं उपचार गराउन सक्छौं।

                विशेषज्ञका अनुसार पालुङ्गो र चुकन्दरको सुपले कोरोना सङ्क्रमितको शरीरबाट अक्सिजनको स्तर खस्किन दिंदैन। यो सुप पिउँदा फोक्सोले पर्याप्त मात्रामा आक्सिजन पाउँछ। विज्ञ अनुसार एलोपैथमा कोरोनाको उपचारमा रोगीलाई जिङ्क, भिटामिन बी–१२, भिटामिन सी, क्याल्सियम आदि दिइन्छ र ती सबै पालुङ्गो र चुकन्दरमा प्राकृतिकरूपले नै उपलब्ध हुन्छ। यसमा आयरन र नाइट्रस आक्साइड पनि प्रचुर मात्रामा हुन्छ।

                आइरनबाट निस्किने नाइट्रस आक्साइडले रगतमा आक्सिजनको मात्रा बढाउँछ। यसबाट फोक्सोले भरपूर मात्रामा अक्सिजन पाउँछ। साथै यसको सुपले रातो रुधिर कणिका (आरबिसी) र श्वेत रुधिर कणिका (डब्लुबिसी)लाई पनि बढाउँछ। कोरोनाविरुद्ध लड्न रोग प्रतिरोधक क्षमता बलियो हुनुपर्छ। पालुङ्गो र चुकन्दरको सुप सेवन गर्दा आरबिसी बढ्छ। पर्याप्त आक्सिजन पाएपछि फोक्सोको कार्यक्षमता पनि बढ्छ।

                सुप बनाउने तरीकाः यसको लागि पालुङ्गो एक किलो र चुकन्दर आधा किलो लिएर दुवैलाई कुकरमा पानी नमिसाइकन राखौं र १० मिनेटसम्म उमालौं। यस क्रममा पालुङ्गो र चुकन्दरको उम्लिएको मिश्रण छानेर राखौं। त्यसपछि यसमा बिरे नून (सेंधा नून) र कागती मिसाएर पिउन सकिन्छ। यस सुपलाई जोसुकैले पिउन सक्छ। जो कोरोना सङ्क्रमित छैनन्, उनीहरूले पनि यसको सेवन गर्न सक्छन्। यसबाट रोग प्रतिरोधक क्षमता पनि बलियो हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here