ओमप्रकाश चौधरी, धर्मेन्द्र चौरसिया, १९ वैशाख/
गएराति र आइतवार बिहानको वर्षाले किसानले लगाएको बालीलाई फाइदा पुगेको छ ।

वर्षाले खासगरी चैते धानलगायत थारुवान क्षेत्रका किसानलाई बढी फाइदा पुगेको छ । चैते धानखेती पर्सा जिल्लाको थारुवान क्षेत्रमा अत्यधिक गरिन्छ भने बझियानमा थोरै मात्रामा गरिन्छ । चैते धानखेती गरेका किसानले ठीक समयमा वर्षा भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले चैते धान अन्तर्गत हर्दिनाथ (१४४२)लगायतका धानबाली सिञ्चित पारेको बताएका छन् । चैते धानबाली थारुवान क्षेत्रमा सिंचाइको विकल्पमा कुलो र भूमिगत सिंचाइको भरमा गरिन्छ ।

यो मौसममा यस भेगमा वर्षाको सम्भावना न्यून हुन्छ । तर गत वर्ष र यसपटक कोरोनाको कारण लकडाउन, निषेधाज्ञा अवधिमा मौसम पनि अनुकूल भएको छ र गत वर्षसरह यस वर्ष पनि वर्षाले बाली सप्रने सम्भावना जाहेर गरेको किसानहरूको बुझाइ छ ।

ठोरी गापा–५ गडुवालाइनका किसान बलराम कर्माचार्यले भूमिगत सिंचाइ गर्दा खेतमा पानी छिटै सुक्ने किसानहरूलाई आर्थिक भार परेको तर आजको वर्षाले खेतको पानी ढिलोसम्म टिक्ने र आर्थिक भार कम गरेको प्रतिक्रिया दिए ।
चैते धानबालीबाहेक किसानले लगाएको मकै, बदाम, तरकारी बालीसमेतलाई यो वर्षाले फाइदा पुगेको कृषि प्राविधिक हरिनारायण चौरसियाले बताए । उनले बलौटे माटोमा लगाइएको बदामखेतीमा सिंचाइ गर्न कठिनाइ भोग्ने किसानका लागि आकाशे वर्षा वरदान साबित भएको बताए ।

त्यस्तै, तरकारीखेती गरेका किसानहरूलाई पनि यो वर्षाले लाभ गरेको उनको भनाइ छ । जमीन भिजाउने गरी मात्र परेको पानीले चैते धान र तरकारी खेतीका साथै भदैया धानका लागि किसानलाई खेत गोड्ने बेलामा राहत मिलेको प्राविधिक चौरसियाले बताए । गहु“बाली भिœयाएका किसानले हल चलाएर धानबालीको तयारी गर्दा खेतको माटोमा रहेका कीराहरूलाई पनि वर्षाले नष्ट पार्ने काम गरेको उनले बताए ।

यही अनुपातमा वर्षा हु“दा किसानलाई फाइदा हुने तर जमीनमा पानी जम्ने गरी वर्षा भइदिएको खण्डमा हानि हुने प्राविधिक चौरसियाले बताए । ठूलो वर्षाले चैते धानभन्दा पनि तरकारीखेती प्रभावित हुने उनको भनाइ छ । तरकारीखेतीमा पानी जमेको खण्डमा बाली नष्ट हुने र उत्पादन घट्ने उनले बताए । तर अहिलेको पानीले भने तरकारीखेतीलाई फाइदा पुगेको उनको भनाइ छ । अहिले करैला, बोडी, घिरैला, लौका, रामतोरईजस्ता तरकारीखेतीको मौसम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here