प्रस, वीरगंज, १८ वैशाख/

      पर्सा जिल्लाका दुईजना सांसदले भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री खरीदका लागि वीरगंज महानगरपालिकालाई संसदीय विकास कोषबाट सहयोग गरेका छन्।

      पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादव र क्षेत्र नं २ का सांसद विमलप्रसाद श्रीवास्तवले पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत आआफ्नो संसदीय विकास कोषबाट रु ५८ लाख ८ हजार वीरगंज महानगरपालिकालाई सहयोग गरेको सांसद यादवले बताए। कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बुधवार सम्पन्न बैठकमा दुवै सांसदले कोरोना नियन्त्रणका लागि कोषबाट सहयोग गर्ने बताए अनुसार महानगरपालिकालाई सहयोग गरिएको हो। सो रकमबाट महानगरपालिकाले आवश्यक भेन्टिलेटरसहित कोरोना सङ्क्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री खरीद गर्ने सक्ने सांसद यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here