प्रस, रक्सौल, १४ वैशाख/
रक्सौलस्थित हजारीमल उच्च माविलाई कोभिड अस्पताल बनाइने भएको छ। बुधवारदेखि सो विद्यालयलाई कोभिड अस्पताल बनाउन शुरू गरिने बताइएको छ।

रक्सौलमा सङ्क्रमितहरू बढेको र बढ्ने सम्भावना भएकाले विद्यालयलाई कोभिड अस्पताल बनाउन लागिएको डा सञ्जय जैसवालले बताए।

भारतीय जनता पार्टीका सह प्रदेश अध्यक्षसमेत रहेका डा जैसवाल, विधायक प्रमोद सिन्हा, जिल्ला अधिकारी शीर्षत कपिल अशोकलगायतको सहभागितामा हजारीमल उच्च माविलाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको हो।

डा जैसवालले सङ्क्रमितका लागि रक्सौलस्थित एसआरपी हस्पिटल लक्ष्मीपुरमा ३३ शøया र डङ्कन अस्पतालमा १० शøयाको व्यवस्था गरिए पनि ती अस्पताल सशुल्क भएकाले सबैजना शुल्क तिर्न सक्ने अवस्थामा नभएकाले हजारीमलमा व्यवस्थापन गर्न लागिएको बताए। उनले सशुल्क दुईवटा अस्पतालको शøया अहिले खाली भएपनि निश्शुल्क उपचारको लागि व्यवस्थापन गरिएको बताए।

डा जैसवालले सङ्क्रमण बढिरहेकाले सावधानी अपनाउन र अति आवश्यक परेको खण्डमा मात्र घरबाहिर निस्कन सुझाव दिए। उनले स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर अत्यावश्यक कामको लागि बाहिर निस्कन र विवाह, मृत्यु कार्यक्रम घरपरिवारमा सीमित राखेर सम्पन्न गर्न सुझाव दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here