प्रस, वीरगंज, १३ वैशाख/
नारायण अस्पतालको कोभिड कक्षमा भर्ना भएका बिरामी र तिनका कुरुवाहरूले उपचारमा चिकित्सकीय सल्लाह नपाएको गुनासो गरेका छन्।
सङ्क्रमित र तिनका कुरुवाहरूले चिकित्सकहरू नआउने र नर्सको भरमा उपचार सेवा पाइरहेको आरोप लगाए।
अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले पहिलो कोरोनाकालभन्दा अहिले सङ्क्रमितहरूलाई चिकित्सकीय सेवा प्रदान गरिएको दाबी गरे।
उनले पहिले कोरोनाको भयले सिसिटिभी क्यामराबाट बिरामीहरूको अवस्था बुझ्ने, निर्र्देशित गर्ने र औषधिको व्यवस्था गर्ने गरेकोमा अहिले दैनिक तीनपटक चिकित्सकहरूले राउन्ड गरेर बिरामीहरूको अवस्था बुझ्ने, उनीहरूको समस्या अनुसारको औषधिमूलो गर्दै आएको बताए।
बेहाल आकस्मिक कक्ष
नारायणी अस्पतालको आकस्मिक कक्षको अहिले बेहाल भएको छ।
दश शøयाको आकस्मिक कक्षमा अहिले सङ्क्रमित र अन्य बिरामीलाई सँगै राखेर उपचार भइरहेको छ। १० शøयाको आकस्मिक कक्षमा बिरामी सङ्ख्या बढेको कारण एउटा शøयामा दुई/तीन जना राखेर उपचार भइरहेको छ। कतिपय बिरामी भुइँमा बसेर पनि उपचार गराइरहेका छन्।