प्रस, वीरगंज, १३ वैशाख/
कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्सा वीरगंजले चैत १० गतेदेखि नै २५ जनाभन्दा बढी भेला गरी सभा, समारोह नगर्न आग्रह गर्दै आएकोमा सोमवार पहिलोचोटि सोविरुद्ध कार्य गरी राप्रपाको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ।
२५ जनाभन्दा बढी सहभागी भएर आजसम्म हुँदै आएका कार्यक्रममा निष्क्रियता देखाएको पर्सा प्रहरीले सोमवार आदर्शनगरस्थित होटल सुरजमा राप्रपा पर्साको अधिवेशनमा हस्तक्षेप गरेको थियो। २५ जनाभन्दा बढी सहभागी भएर अधिवेशन आयोजना हुन लागेको सूचनाको आधारमा प्रहरीले सभास्थलमा गएर कार्यक्रम नगर्न आग्रह गरेको थियो।
राप्रपाको आगामी जेठ २२ गते महाधिवेशन हुन गइरहेको छ र सोलाई मध्यनजर गर्दै आज पर्सा शाखाको अधिवेशन आयोजना गरिएको राप्रपा उच्चस्तरीय कार्यव्यवस्था समितिका सदस्य राजीव पराजुलीले बताए। उनले सभाहल विसङ्क्रमित गरिएको, सहभागीहरूलाई सेनिटाइज गरेर मास्कको प्रयोग गराइएको र सामाजिक दूरी कायम गरी कार्यक्रम आयोजना गरिएको बताए। उनले २५ जनाभन्दा बढी सहभागी भएको स्वीकारे। प्रहरी हस्तक्षेपलाई अहिले उनले जायज भनी प्रतिक्रिया दिएका छन्।
यसबारेमा सबैजना सचेत हुनुपर्नेमा प्रहरीले सचेत गराएकोमा धन्यवाद दिए। यसरी नै प्रहरीले सक्रियता देखाउनुपर्ने र सबैजना सचेत हुनुपर्ने उनको भनाइ थियो।
महाधिवेशन नजीकिएकोले अधिवेशन गर्नुपर्ने बाध्यता भएकोले कोभिड सङ्कटमा अधिवेशन गर्नुपरेको तर प्रहरीले जिम्मेवारी वहन गरेकोमा उनले दुःखेसो व्यक्त गरेनन्।
निर्वाचन अधिकृत रामबिहारी पाण्डेको अध्यक्ष्Fतामा भएको अधिवेशनले सुमेश्वरनाथ उपाध्यायको अध्यक्ष्Fतामा ३५ सदस्यीय पर्सा जिल्ला कमिटी गठन गरेको छ। समारोहमा केन्द्रीय प्रतिनिधि मधु अधिकारी, गुरुप्रसाद सापकोटालगायतका नेताहरूको सहभागिता थियो।