नितेश कर्ण, वीरगंज, १२ वैशाख/
नारायणी अस्पतालले सङ्क्रमित बढेपछि आइसोलेशन कक्ष बढाएको छ। अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले ३५ शøयाको आइसोलेशन बढाएर सय शøयाको बनाइएको बताए। उनले आइतवार सर्जिकल वार्डलाई मेडिकलमा गाभेर सो ठाउँमा सङ्क्रमितका लागि ४३ शøया थप गरेर ७८ शøया तयार भएको र सोमवारसम्म सय शøया तयार हुने बताए।

उनले अस्पतालमा अहिलेसम्म आक्सिजनको अभाव भएर मानिसको मृत्यु नभएको पुष्टि गरे। अस्पतालमा एक दिन मात्र दुई घण्टाको लागि आक्सिजनको अभाव भएको र त्यसपछि आक्सिजनको सहज व्यवस्थापन भइरहेको जानकारी गराए। नारायणी अस्पतालबाहेक नारायणी वयोधा अस्पतालमा कोरोना सङ्क्रमितका लागि १५ शøया छुट्याइएको छ।

यसैगरी, वीरगंजमा रहेका निजी अस्पताललाई पनि कोभिड सङ्कट व्यवस्थापन केन्द्र पर्साले कुल सङ्ख्याको २० प्रतिशत कोभिड सङ्क्रमितका लागि छुट्याउन निर्देशन गरेअनुरूप वीरगंज हेल्थकेयर, तराई, एएमसी आदि अस्पतालले शøया बनाएर सेवा दिइरहेको बुझिन आएको छ।

यसैबीच, स्वास्थ्य कार्यालय, पर्साले कोरोनाको पहिलो चरणदेखि हालसम्म ३ हजार ८५७ जना सङ्क्रमित पुष्टि भएको र तिनीहरूमध्ये ३ हजार १९९ जना निको भइसकेको जानकारी गराएको छ। अहिले होम आइसोलेशनमा ६४४ जना रहेका र उनीहरूमध्ये ४२३ जना पुरुष र २२१ जना महिला रहेका बताइएको छ। कोरोना सङ्क्रमणको पहिलोकालदेखि अहिलेसम्म ६३ जनाको मृत्यु भएको बताइएको छ।

पछिल्लो चरणमा शुरू भएको कोरोनाबाट चैतदेखि यता १० जनाको मृत्यु भएको छ। त्यसअघि ५३ जनाको मृत्यु भएको थियो। अहिलेसम्म १५९ जना स्वास्थ्यकर्मी, ५१ जना अस्पताल सफाइकर्मी, ३ जना एम्बुलेन्स चालक, १४ जना पत्रकार, १०८ जना थुनुवा र कैदी तथा १६९ जना सुरक्षाकर्मी (प्रहरी ६९, सशस्त्र प्रहरी २६ र सेना ७४ जना) सङ्क्रमित भइसकेका छन्।

९९ जना सङ्क्रमित थपिए
वीरगंजमा ९९ जना नयाँ सङ्क्रमित थपिएका छन्। नारायणी अस्पताल पिसिआर प्रयोगशालामा १४० जनाको स्वाब परीक्षण गर्दा ९९ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

जसमध्ये पर्साका ८६, बाराका १०, रौतहटका २ र सर्लाहीका १ गरी ६५ जना पुरुष र ३४ जना महिला रहेका छन्। सङ्क्रमितको उमेर १० वर्षदेखि ७२ वर्षसम्म रहेको र उनीहरूको सिटी भ्यालु १४.१ देखि ३४.२ रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here