प्रस, वीरगंज, १२ वैशाख/
पर्सा जिल्लामा दोस्रो चरणको खोप ८ हजार १४५ जनाले लिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय, पर्साका प्रमुख स्वास्थ्य अधिकृत कामेश्वर चौरसियाले दोस्रो चरणको खोप पर्सा जिल्लामा ८ हजार १४५ जनाले लिएको बताए।
उनले दोस्रो चरणको खोप वैशाख ७ देखि ११ गतेसम्म ५ दिन सञ्चालन भएको र यो अवधिमा ६ हजार २ सयजना पुरुष र १ हजार ९४५ जना महिलाले खोप लिएको बताए। गत वर्ष पहिलो चरणको खोप ९ हजार ६०१ जनाले लिएका थिए।