सन् १९७० को अप्रिल २२ तारिखदेखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाइँदै आएको छ। तर पृथ्वीको पर्यावरणीय सन्तुलनमा निरन्तर –हास आइरहेको छ। पृथ्वीको दोहन चरमसीमामा पुगेको छ। कतिसम्म भने पृथ्वीको संसाधनमा समान अधिकार प्राप्त हजारौं जीव, लाखौं वनस्पति आज लोप भइसकेका छन्। दिन प्रतिदिन दुर्दशामय बनेको पृथ्वी र यसको रक्षार्थ चलाइएका अभियान हेर्दा ‘काग सम्मेलन’को सम्झना हुन्छ। कागहरू सा–है चिन्तित थिए, मानिसले उसलाई गूँ खाने भनेर हियाउँछन् भनेर। एक दिन कागहरूले सम्मेलन गरे र यस विषयमा गहन छलफल गरे। गूँ खाने कि नखाने कुरामा चर्काचर्की प–यो। युवा कागहरू नखाने पक्षमा थिए। लामो बहसबाट आजित भएको एउटा बुजुर्ग काग तिमीहरू जे निर्णय गर, म त गूँ खान्छु भन्दै उड्यो। उसका पछिपछि सबै काग हामी गूँ खान्छौं भनेर उडे। आज विश्वको नेतृत्व गर्ने दाबी गरेको संयुक्त राज्य अमेरिका नै पृथ्वीमा भइरहेको असन्तुलन, पर्यावरणीय –हास, वातावरणीय नोक्सानको सबैभन्दा ठूलो जिम्मेवार छ, तर ऊ यससम्बन्धी कस्तै पनि सम्मेलनमा सहभागी भएर पनि वायु प्रदूषण, वैश्विक तापक्रम वृद्धिआदिबाट आफ्नो संलग्नता हटाउन राजी छैन। देश जति विकसित, पर्यावरणीय –हास त्यति नै बढी।
प्रकृतिको अर्थ हो सन्तुलन। यस धरातलमा भएका सबै जड–चेतनबीच सन्तुलन नै स्वस्थ पृथ्वीको मानक हो। तर पृथ्वीको बाह्य तत्वको कुरा के, अन्तरगर्भको पनि निर्दयतापूर्वक दोहन भइरहेको छ। त्यसले वैश्विक तापक्रममा अतिशय वृद्धि गरिरहेको छ। जड–चेतन (जीव, वनस्पति)बीच सन्तुलन कायम नरहँदा हामीले कस्तो हानि बेहोरिरहेका छौं र भविष्यमा कस्तो भयावहताको शिकार बन्नेछौं। सूर्यको प्रकाशमा सामान्य तापक्रम वृद्धि हुँदा त हामी छटपटिन्छौं भने वन–जङ्गलमा लागेको डढेलो त उष्मा मात्र होइन, प्रदूषणको पनि कारक हो। यो देखिने र अनुभूत हुने कुरा हो, हाम्रो यातायातका साधनहरूले योभन्दा कम उत्पात मचाउँदैनन्। यो क्रिया सुस्तरी हुने हुँदा हामी अभ्यस्त हुँदै गएको मात्र हो। आज मानिस खाद्यान्न अभावको विकल्पमा थोकको भाउमा जीवजन्तुहरूको भक्षण गरिरहेको छ। बारुलो, बालुवा कीरालगायत फट्याङ्ग्राहरू भुटेर खाएको दृश्य टिभीहरूमा गर्वका साथ प्रस्तुत गरिन्छ। यसले हाम्रो पर्यावरणमा असन्तुलन ल्याइरहेकोबारे हामी अनभिज्ञ भएका हौं ? न्युक्लिय रिएक्टर, अणुबमहरू, घातक शस्त्रास्त्रको उत्पादन र तिनलाई बेच्ने बजार, विश्वभरि फैलाइएको कृत्रिम युद्ध हो। यी साधनहरूबाट उत्पादित उष्माबारे कसले सोचेको छ ?
त्यसबाट निःसर्जित उष्मा नाप्ने साधन तिनैसँग छ, जो यी हतियार बेचिरहेका छन्। पृथ्वीमा पुगिरहेको क्ष्Fतिको लागि अहिले हामीले एउटा मात्र कुरामा जोड दिइरहेका छौं, त्यो हो वनस्पतिको विनाश। हो, वनस्पतिको विनाशले सबैभन्दा बढी र प्रत्यक्ष्F प्रभाव त पारेको छ, तर आज विश्वभरि नै कहिले नभएको दावानल पनि त देखिइरहेको छ। पोहोर अस्ट्रेलियाको जङ्गलमा लागेको आगो छ महीनासम्म जारी थियो। हाम्रै नेपालमा देशभरिकै वन–जङ्गलमा आगो लाग्यो, त्यसको प्रदूषणले आजसम्म आँखा पोल्ने र सास फेर्न गा–हो भइरहेको छ। त्यसैले यसपटकको पृथ्वी दिवसको नारा अघि सारिएको छ–पृथ्वी दिवस एक दिन होइन, प्रत्येक दिन मनाऔं। प्रकृति आफैं नियामक हो। यसले पृथ्वीको नाश हुन दिनेछैन, पृथ्वी जोगाउन हामी आफैं अग्रसर हुँदैनौं भने, प्रकृतिको कडा उपचारको क्रममा डाइनोसोरको हविगतमा पुग्नबाट कसैले रोक्न सक्दैन।