प्रस, पचगावाँ, ६ वैशाख/
पटेर्वासुगौली गाउँपालिकाको सहयोगमा र सहज सेवा सीप विकास केन्द्रको आयोजनामा तीन दिने पालिकास्तरीय मानव अधिकारसम्बन्धी तालीम सम्पन्न भएको छ।
तालीम समापन कार्यक्रममा बोल्दै गापा उपाध्यक्ष ममता महतोले समाज परिवर्तनको लागि मानव अधिकार आवश्यक रहेको बताइन्।
प्रमुख प्रशासकीय अधिकृत भुजेन्द्रप्रसाद यादवले समाजमा सुख–शान्तिको लागि मानव अधिकार आवश्यक रहेको बताए। उनले समाजमा अधिकार खोस्ने, विभेद गर्ने जस्ता चलन अन्त्य हुनुपर्ने बताए।
समापन कार्यक्रममा शिक्षा अधिकृत शम्भु साह, सामाजिक विकास शाखा प्रमुख राजकुमार महतोलगायतको उपस्थिति थियो।
गापा अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक सुस्मिताकुमारी चौधरीले गरेकी थिइन्।