प्रस, वीरगंज, ५ वैशाख/
नारायणी अस्पतालमा कोरोना सङ्क्रमित महिलाको आइतवार दिउ“सो मृत्यु भएको छ ।

शनिवार राति वीरगंज–१६ नगवाकी ५१ वर्षीया रीता देवी रुघाखोकी, ज्वरोको कारण भर्ना भएकी र उनको पिसिआर परीक्षणबाट कोरोना पोजिटिभ देखिएको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए । रीता देवीको आज दिउ“सो १ः४० बजे निधन भएको हो । पर्सा जिल्लामा चैतदेखि अहिलेसम्म कोरोनाबाट योसमेत मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । गत वर्ष कोरोनाबाट ५३ जनाको मृत्यु भएको थियो ।

शय्या अभाव हुँदै
यसैबीच, नारायणी अस्पतालमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या दैनिक बढ्दो छ । अस्पतालले सङ्क्रमितहरूको लागि बनाएको १७ शøयाको आइसोलेशन कक्ष भरिएको छ भने १० शøयाको भेन्टिलेटरसहितको आइसियू कक्षमा अहिले ७ जना भर्ना भइसकेको अवस्था छ । १७ शøयाको सस्पेक्टेड कक्ष पनि भरिएको अवस्था छ ।

चैत महीनाको पहिलो सातादेखि नारायणी अस्पतालको प्रयोगशालाले कोरोना सङ्क्रमित पुष्टि गर्न शुरू गरेको हो । त्यसअघि पिसिआर परीक्षण सङ्ख्या पातलिएको कारण पोजिटिभ आएको थिएन । अहिलेसम्म करीब चार सयजना सङ्क्रमित पुष्टि भएका छन् । वैशाख महीनाको चार दिनमा करीब दुई सयजना सङ्क्रमित पुष्टि भएका थिए । चैत महीनामा २१४ जना सङ्क्रमित पुष्टि भएका थिए । अहिले सङ्क्रमित देखिएकाहरूमध्ये केहीलाई मात्र अस्पतालमा भर्ना गरिएको छ भने अधिकांश घरमैं बसेका छन् । चैतमा १७५ जना होम आइसोलेशनमा थिए भने अहिले पा“च दिनमा सोही बराबर थपिएको अवस्था छ । जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले होम आइसोलेशनमा २५५ जना, नारायणी अस्पतालमा १५ जना र वयोधा अस्पतालमा २ जना भर्ना रहेको जानकारी गराए । अस्पतालमा शøया अभाव हुन थालेको छ भने थप तयारी हुन सकेको छैन । कोभिड सड्ढट व्यवस्थापन समितिले नेशनल मेडिकल कलेज कोरोना अस्पताल सञ्चालनका लागि मन्त्रालयबाट स्वीकृति माग्ने र होटलहरूलाई सशुल्क आइसोलेशन बनाउने निर्णय गरेको थियो । तर यो कार्यको प्रगतिबारे सार्वजनिक गरिएको छैन ।

पिसिआर परीक्षणमा ढिलासुस्ती
पछिल्लो चरणमा एक महीनादेखि वीरगंजमा कोरोना सङ्क्रमित फेला पर्न थालेपछि पिसिआर परीक्षण गराउनेहरूको सङ्ख्या पनि बढ्न थालेको छ । जबकि अहिले सङ्क्रमित भएकाहरूको यात्रा विवरण र सम्पर्कको आधारमा पिसिआर परीक्षण भएको छैन । तर विदेश जानेहरू र सङ्क्रमितको सम्पर्कमा रहेको आशड्ढामा परेकाहरूले स्वेच्छाले स्वाब नमूना पिसिआर परीक्षणको लागि अस्पतालमा दिन थालेका छन् । चैत महीनाको पहिलो सातादेखि अस्पतालको प्रयोगशालामा सङ्क्रमित देखिन शुरू भएस“गै पिसिआर परीक्षण गराउनेहरूको सङ्ख्या पनि बढेको छ ।

यसैबीच, आइतवार पिसिआर परीक्षणमा ढिला भएको भनेर सेवाग्राही र अस्पतालका कर्मचारीबीच कुटाकुट भएको समाचार छ । अस्पतालमा स्वाब नमूना दिन गएकाहरूको स्वाब सड्ढलनमा ढिला भएपछि आक्रोशितहरूले कर्मचारीहरूस“ग दुव्र्यवहार गरेको र कुटाकुट भएको कर्मचारीपक्षको आरोप छ भने सेवाग्राहीले पिसिआर परीक्षणका लागि रकम जम्मा गरिसकेपछि स्वाब लिने क्रममा आज स्वाब सड्ढलन नहुने, भोलि आउन भनेको र कर्मचारीहरूको भाषाशैली मैत्रीपूर्ण नभएकोले विवाद भएर हातपात भएको बताएका छन् । घटनापछि वडा प्रहरी कार्यालय बिर्ताको टोलीले कुटाकुट गर्ने कर्मचारी र सेवाग्राहीलाई नियन्त्रणमा लिएको थियो । तर वडा कार्यालयमा दुवै पक्षबीच सहमति भएपछि छाडिएको प्रहरी निरीक्षक राजेशराज पुरीले प्रतीकलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here