प्रस, रक्सौल, ५ बैशाख/
पशुको आहार घोटाला काण्डमा जेलजीवन बिताइरहेका भारतको राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव जमानतमा रिहा भएपछि रक्सौलमा सो पार्टीका कार्यकर्ताहरूले खुशियाली मनाएका छन् ।
शनिवार अदालतले नेता यादवलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो । उनको रिहाइमा रक्सौलमा स्थानीय नेता रवि मस्कराले मास्क र सेनिटाइजर वितरण गरेर खुशियाली मनाएका थिए ।
मस्करालगायत रामस्वरूप गुप्ता, नुर महमद, अनिल यादव, चन्देश्वर सिंह, महमद अब्बास, पुण्यदेव साहलगायत सहभागी भएर मास्क र सेनिटाइजर वितरण गरेका थिए । कोरोनाबाट जोगिनका लागि आम मानिसलाई सचेत गर्दै नेता यादव रिहा भएको खुशियाली मनाएको नेता मस्कराले बताए । उनले नेता यादवको रिहाइले कार्यकर्ताको मनोबल बढेको प्रतिक्रिया दिए ।
राजद रक्सौलका नगर अध्यक्ष रोहित कुशवाहाले हुलाक कार्यालयअगाडि लड्डु बा“डेका थिए ।