प्रस, महोत्तरी, ५ वैशाख/
तराई–मधेसमा चैती छठ अर्थात् वासन्ती अन्तर्गत मुख्य पूजा आइतवार सम्पन्न भयो । आइतवार बेलुका व्रतालुहरूले जलाशयमा गएर अस्ताउ“दो सूर्यलाई अघ्र्य दिए ।
मुख्य पूजाको दिन घरमा बनाइएको शुद्ध र चोखो ठेकुवा, भुसवा, नरिवल, केरालगायतका फलफूल एवं मिष्ठान्न परिकार अस्ताउ“दो सूर्यलाई अर्पण गरियो । बेलुका सूर्यलाई अघ्र्य दिन व्रतालुले नदी, पोखरी, तलाउ सि·ारेका थिए । पर्वको अन्तिम दिन वैशाख ६ गते सोमवार बिहान उदाउ“दो सूर्यलाई अघ्र्य दिएपछि चैती छठ समापन हुन्छ । समापनको दिनलाई पारन भनिन्छ ।
विशेषगरी तराई–मधेसका महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लामा चैती छठ धूमधामका साथ मनाउने गरिन्छ । यस वर्ष चैत शुक्ल चौथी (शुक्रवार)का दिनदेखि ‘नहाय–खाय’ विधिबाट पर्व शुरू गरेका व्रतालुहरूले दोस्रो दिन शनिवार ‘खरना’, तेस्रो दिन आइतवार सूर्य उपासना र बेलुका अस्ताउ“दो सूर्यलाई अघ्र्य दिइयो । अन्तिम दिन सोमवार बिहान व्रतालुले उदाउ“दो सूर्यलाई अघ्र्य दिएपछि पर्व समापन हुन्छ ।
पछिल्लो समय चैती छठ पर्वको महिमा बढ्दै गएको भए तापनि बितेको वर्ष र यस वर्ष कोरोनाको कारण सावधानी अपनाएर व्रत गरिएको व्रतालुहरूले बताएका छन् ।