ओमप्रकाश चौधरी, सेढवा, ३ वैशाख/
गहुँबाली भिœयाएपछि खेतमा बाँकी रहेका गहुँको छवाली तथा ठुटो जलाउने क्रममा लापरवाही हुँदा आगलागीका घटना बढेका छन्।
गहुँ भिœयाएका किसानहरूले खेतमा रहेको गहुँको छवाली र ठुटो जलाउने तर त्यसको निगरानी नगर्दा अन्य किसानको बाली नष्ट हुने तथा आगलागीका घटना हुने गरेको छ।
दिउँसै कैयौं बिघामा लगाइएको गहुँको छवाली र ठुटो जलाउने क्रममा आगलागीका घटना भएपनि यसतर्फ गहुँखेती गरेका किसानहरू नै सचेत भएका छैनन्।
बिहीवार दिउँसै छवाली तथा ठुटोमा लगाइएको आगो राति साढे ८ बजेसम्म ननिभाउँदा यस क्षेत्रमा आएको हावाहुरीले दर्जनभन्दा बढी स्थानमा आगलागी भएको थियो। जीराभवानी गापा–२ सेढवा निवासी बैधनाथदास थारूले पश्चिमी क्षेत्रको खेतमा छवाली र ठुटोमा लगाइएको आगोले भीषण रूप लिएको र गाउँकिनारसम्म आगो आउँदा २५–३० जना युवाको समूहले आगो नियन्त्रणमा लिएको बताए। हावाहुरीको समयमा खेतमा लगाइने आगो ननिभाएर किसानहरू ढुक्क भएर घर जाँदा यस्ता घटना दिन प्रतिदिन हुने गरेको छ।
इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले खेतमा आगो लगाएर किसानहरू लापरवाह हुँदा अन्य किसानको बालीका साथै मानवबस्तीमा समेत आगलागीका घटना हुने गरेको बताए। उनले यसबारे किसानहरूलाई सचेत गर्नुपर्ने सुझाव दिए। पानी परेको बेलामा छवाली तथा ठुटो जलाउन समस्या हुने भएकोले गर्मीमा किसानहरूले यो कार्य गर्ने गरेका छन् तर उनीहरूले सतर्कता नअपनाउँदा दुर्घटना दोहोरिंदैछ।
पर्सा जिल्लामा गहुँखेती ८० प्रतिशत भिœयाइएको छ भने २० प्रतिशत मात्र बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here