प्रस, वीरगंज, ३१ चैत/
नारायणी अस्पतालमा मङ्गलवार कोरोना सङ्क्रमित एकजना युवक र एकजना वृद्ध गरी दुईजनाको मृत्यु भएको छ।
अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले दुईजना सङ्क्रमितको मृत्यु भएको पुष्टि गरेका छन्। बिहान ३ः३० बजे जीतपुरसिमरा उपमहानगर–९ निवासी ३७ वर्षीय युवकको मृत्यु भएको उनले बताए। उनलाई निमोनियाको समस्या थियो र कोरोना पोजिटिभ भएपछि अस्पतालको आइसोलेशनमा उपचार भइरहेको थियो। मृतक युवक भारतको हैदराबादबाट होलीमा घर आएका थिए।
यसैगरी, वीरगंज महानगर–३ प्रगतिनगर निवासी ६२ वर्षीय वृद्धको बिहान ८ः२० बजे निधन भएको प्रवक्ता डा दासले बताए। उनलाई मधुमेह र रक्तचापको समस्या थियो।