पोहोर २०७७ सालको स्वागत, कोरोना महामारीबाट बचाउको क्रममा लगाइएको विश्वव्यापी लकडाउनसँगै, भएको थियो। झन्डै ६ महीनापछि कोरोनाको गति मत्थर भएर वा मानिसमा प्रतिरोधक क्ष्Fमताको विकास भएर आश्वस्त हुन नपाउँदै, नयाँ वर्षको स्वागत गर्न नपाउँदै दोस्रो लहरको कोरोनाको त्रास फिंजिन थालेको छ। यद्यपि अहिले कोरोनाको खोप उत्पादन भएर थोरबहुत भएपनि सबैतिर लगाउन थालिएको छ। तर पनि कोरोनाले नबुझिनेगरी आफ्नो मायाजाल फैलाउन थालेको छ। युरोप र अन्य विश्वको कुरा एकछिन पन्छाइदिने हो भने भारतमा कोरोनाको पहिलो लहरभन्दा यो दोस्रो लहरमा एकपटकमा धेरै मानिस सङ्क्रमित भएका छन्। नेपालमा नै परीक्ष्Fण गरिएका व्यक्तिहरूको सङ्क्रमण दर बढिरहेको छ। नेपालमा सोमवारका दिन कोरोना सङ्क्रमणका कारण १३ जनाको मृत्यु भएको छ। खास वीरगंजमा पनि एक दिनपछि अर्को दिन सङ्क्रमण दर बढेको पाइएको छ। यसले नयाँ वर्ष २०७८ लाई प्रभावित पार्ने निश्चित देखिन्छ। अब यसलाई पोस्ट–कोभिड भन्ने अवस्था छैन। राजधानीमा खोप लिएका एकजना चिकित्सक कोरोना सङ्क्रमणग्रस्त भएका छन्। यसले सङ्क्रमण हुन नदिनु नै सर्वोत्तम उपचार मान्न कर लागेको छ।
यसपालि पनि भारतबाट फर्केका मानिसमा कोरोना सङ्क्रमण देखिएको छ। तिनीहरूबाट नै स्थानीयलाई पनि सङ्क्रमण भएको हुनुपर्छ। सरकारले केही निर्देशन त जारी गरेको छ, तर प्रतिरोधात्मक उपायको कार्यान्वयन गतिशील हुन सकेको छैन। एकपटक पुनः सीमा सिल गरिएको छ। क्वारेन्टाइन स्थापना गर्ने र हिजोका सबै प्रक्रिया अँगाल्ने सरकारको भनाइ छ। हुनत यी यावत् क्रियाकलापमा हिजोको अनुभव हामीसँग छ, भुक्तभोगी रोगी तथा चिकित्सकहरू पनि छन्, खोप पनि उपलब्ध छ, सरकारले सबै काम पन्छाएर भए पनि खोप मगाउन सक्छ। यसले मानिसमा आत्मबल बढ्छ र बढेको आत्मबलले प्रतिरोधक क्ष्Fमता बढाउँछ। सरकारको हकमा सकेसम्म सावधान हुने र उपचार गराउने मात्र हो। अहम् जिम्मेवारी नागरिककै हो। नागरिक सचेत हुने हो भने कोरोनाको प्रवाह रोक्न सकिन्छ। कोरोनाविरुद्ध सचेतना गा–हो पनि छैन। मास्क, साबुन–पानीले हात धुने र व्यक्ति–व्यक्तिबीच दूरी बनाएर यस महामारीको सजिलै सामना गर्न सकिन्छ। अहिले यो पनि हेर्न बाँकी छ कि उपलब्ध खोप दोस्रो लहरको कोरोनाविरुद्ध कति सक्ष्Fम छ।
दोष नयाँ वर्षलाई होइन, हामीले गर्ने गतिविधिलाई दिनुपर्छ। कुनै पनि नयाँ वर्षले कस्तै पनि भयावहता आफूसँग लिएर आएको हुँदैन। कुनै खास कालमा केही राम्रो र नराम्रो हुनुमा पूर्णतः मानवीय गतिविधि नै जिम्मेवार हुन्छ। त्यसैले सानो परिवेशमा कोरोना प्रतिरोधी तमाम उपायहरू गरेर नयाँ वर्ष मनाउन नसकिने होइन। नयाँ वर्ष मनाउनुको परोक्ष्F मनोविज्ञान पनि यस दिनलाई साक्षी राखेर आउँदो दिनहरूमा विकृति, विसङ्गति र विकारहरूको भञ्जन गर्दै नयाँ प्रण, नयाँ लक्ष्य निर्धारण गर्नु हो। यस कार्यमा कुनै कोरोनाले केही बिगार्न सक्दैन। समयको तादाम्य मनसँग हो। किनकि दुवै तीव्रगामी र निरन्तर गतिशील हुन्छन्। नयाँ वर्षको सबै नेपालीमा, विश्व समुदायमा नै शुभकामना १ हामीमा जस्तै महामारीसँग लड्ने, जस्तै विकराल समस्यासँग जुझ्ने आँट जन्मोस्, विगतलाई बिर्सेर आगतलाई सपार्ने अठोट गर्ने यो दिनलाई कुनै पनि भय र चिन्ताले छेक्न नसकोस्। भवतु सब्ब मंगलं !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here