प्रस, वीरगंज, २९ चैत/
कोभिड सङ्कट व्यवस्थापन समिति, पर्साको आइतवार बसेको बैठकले पुरानै निर्णयलाई दोहो–याएको छ।
यसअघि चैत १० गते बसेको समितिको बैठकले गरेका निर्णयहरूलाई नै आजको बैठकले पुनः निर्णय गरेको छ। समितिका संयोजक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेको अध्यक्षतामा बसेको बैठकले सहायक प्रजिअ भीमकान्त पौडेलको संयोजकत्वमा जिल्लाभित्र स्वास्थ्यसम्बन्धी मापदण्डको परिपालना भए/नभए सम्बन्धी अनुगमनको लागि स्थानीय तह, नारायणी अस्पताल, सशस्त्र, जिल्ला प्रहरी र स्वास्थ्य कायर्Fलयका प्रतिनिधि सम्मिलित अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ।
यसैगरी, नारायणी अस्पतालमा कोभिडको उपचार पर्याप्त नभएमा नेशनल मेडिकल कलेज कोभिड अस्पताल पुनः सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ। सीमानाकाबाट हुने अनधिकृत आवागमन पूर्णरूपमा नियन्त्रण गर्ने तथा तोकिएका सीमानाकाबाट भित्रिने व्यक्तिहरूको तापक्रम मापन अभिलेख राख्ने व्यवस्था गर्ने, नारायणी अस्पतालले आइसियू र एचडियू शøयालाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्ने, निजी अस्पतालहरूले शङ्कास्पद कोभिड बिरामीहरूका लागि २० प्रतिशत शøया छुट्याउने, पर्सा जिल्लाका सबै स्थानीय तहले वडास्तरमा क्वारेन्टाइनको व्यवस्था गर्ने र भारतलगायत विदेशबाट आएका मानिसहरूलाई अनिवार्यरूपमा १० दिन क्वारेन्टाइन राख्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। सरकारी कार्यालय, स्थानीय तह, शपिङमल, उद्योग व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, होटल, धार्मिक स्थललगायत भीडभाड हुने स्थानमा कोरोना सन्दर्भमा पालना गर्नुपर्ने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न लगाउने, घरबाहिर सार्वजनिक स्थलमा मास्कको अनिवार्य प्रयोग गर्न लगाउने र मास्क प्रयोग नगर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐनबमोजिम कारबाई गर्ने निर्णय गरेको छ।
दुईवटा एम्बुलेन्स र एउटा शववाहन तयारी अवस्थामा राख्ने तथा जिल्लाभरिका सबै रात्रिकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न दिने निर्णय भएको छ। कोभिड सङ्कट व्यवस्थापन समिति, पर्साले यो निर्णय चैत १० गते नै गरेको थियो तर निर्णय कार्यान्वयन भएन। अहिले पुनः सो निर्णय गरिएको हो।
आजको बैठकमा नगरप्रमुख विजयकुमार सरावगी, नारायणी अस्पतालका मेसु डा सञ्जय ठाकुर, प्रमुख सेनानी मदनजङ्ग राणा, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक टीकाप्रसाद पोखरेल, स्वास्थ्य कार्यालय, पर्साका प्रमुख कामेश्वरप्रसाद चौरसिया, सहायक प्रजिअ भीमकान्त पौडेल, जगरनाथपुर गापाका अध्यक्ष जालीम मियाँ, धोबिनी गापाका अध्यक्ष्F सुरेशप्रसाद कुर्मी, जीराभवानी गापाका अध्यक्ष रामप्रीत महतो, कालिकामाई गापाका अध्यक्ष नथुनी प्रसाद, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेल, नेपाल पत्रकार महासङ्घ पर्साका निवर्तमान श्याम बन्जारा, वीरगंज उद्योग वाणिज्य सङ्घका अनिलकुमार अग्रवाल, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका डा रमेश मिश्रलगायत सहभागी थिए।
सुग्रीव साह, भिस्वा/
नेपालको भिस्वासँग जोडिएको भारतको सिकटा थानाले मास्क नलगाउनेलाई भारु ५० जरिवाना लिन शुरू गरेको छ। कोभिड सङ्क्रमण बढेसँगै सिकटा प्रहरीले मास्क नलगाउनेसँग भारु ५० नगद लिने र रसीद दिएर मास्क लगाइदिने गरेको छ।
सिकटा बजारमा नेपालीहरू विभिन्न सामान खरीद गर्न जाने गर्छन्। उनीहरूले प्रहरीले मास्क नलगाउनेसँग भारु ५० जरिवाना लिएर मास्क लगाउने गरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here