प्रस, वीरगंज, २७ चैत/
सामुदायिक विद्यालय मावि तहका शिक्षकहरूको लागि दुई दिने गुनासो सुनवाइ संयन्त्रसम्बन्धी तालीम शुक्रवारदेखि शुरू भएको छ ।
युवालयको आयोजना तथा वीरगंज महानगरपालिका र डिकेए अस्ट्रियाको सहयोगमा तालीम शुरू भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका विद्यालय निरीक्ष्ँक मीरा प्रधानले विद्यालयमा बालबालिकाहरूमा हुने दुव्र्यवहार, बाल संरक्षण, भेदभावबारे मन्तव्य राखेकी थिइन् ।
तालीममा विद्यालयमा गुनासो सुनवाइ कार्यविधि–२०७४ संयन्त्र स्थापनाको लक्ष्य तथा उद्देश्य, गुनासो पेटिकासम्बन्धी व्यवस्था, गुनासो सुनवाइ समितिसम्बन्धी व्यवस्था, गुनासो सुनवाइ समितिको गठन प्रक्रिया, समितिको काम, कर्तव्य र अधिकारबारे जानकारी गराइँदै छ । युवालयका सदस्य जया साहको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण आसमान नेपालका कार्यक्रम संयोजक मुनीलाल बैठाले गरेका थिए । तालीममा वीरगंज महानगरपालिकाका १० वटा सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाको सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here