प्रस, परवानीपुर, २४ चैत/
नेपाल पत्रकार महासङ्घ पर्साको सम्पूर्ण तयारी पूरा भएको छ।
बुधवार बिहान ९ देखि साँझ ५ बजेसम्म हुने मतदानको लागि नेपाल पत्रकार महासङ्घ पर्साको सभाहललाई मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन अधिकृत जगदीशप्रसाद शर्माले जानकारी गराए। उनको अनुसार निर्वाचन कक्षभित्र मदिरासेवन गरी मतदान गर्न नपाइने तथा मदिरासेवन गरी मतगणनाको बेला पनि सो कक्षामा प्रवेश निषेध गरिएको छ।पर्सामा कुल १४० मतदाता सदस्य रहेको निर्वाचनमा दुई समूहले दुईवटा प्यानलमा प्रतिस्पर्धा गरिरहेका छन्। प्रेस युनियनको महागठबन्धनबाट रितेश त्रिपाठी र प्रेस चौतारीबाट अनुप तिवारीको नेतृत्वले उम्मेदवारी दिएका छन्।
यसअघि पर्सा शाखाको दलित सदस्यमा सुवास राम र प्रदेश पार्षद्मा रसना ढकाल निर्विरोध निर्वाचित भएका छन्। बाँकी २४ पदको लागि ५४ जना उम्मेदवार छन्।
पर्सामा पत्रकार महासङ्घको चुनावको लागि उम्मेदवारहरूले मतदाता फकाउने काममा व्यस्त देखिएका छन्। दुईवटा प्यानलले छुट्टाछुट्टै छलफल केन्द्र बनाएर मतदाताहरूलाई भोजभतेर गरी रिझाउने काम गरेको पनि देखिएको छ।