प्रस, वीरगंज, २३ चैत/
कलैया उपमहानगरपालिका–९ रामपुरमा सोमवार दुई पक्षबीचको झगडामा एकजना महिलाको मृत्यु भएको छ।
स्थानीय नुरेन अन्सारी र हबिब मियाँकी पत्नी नेसा खातुनबीच मियाँको घरअगाडि झगडा भएको र उनीहरूलाई नेसा खातुनका छोरा वकील अन्सारीले आफ्नो घरअगाडि झगडा नगर्न भनेपछि नुरेनका छोरा वकीलमाथि जाइ लागेका थिए।
नुरेन र उनका छोरा हबिब मियाँकी पत्नी नेसा खातुन र निजका छोरा वकील अन्सारीमाथि जाइ लागेर कुटपिट गरेको बताइएको छ। कुटपिटबाट नेसा र उनका छोरा वकील घाइते भएका थिए भने नेसाको उपचारको क्रममा मृत्यु भएको स्थानीय नासिर अन्सारीले बताए। उनले नेसाको मृत्युपछि कलैया अस्पतालमा प्रहरी कारबाही पूरा गरी शल्यपरीक्षण गराउँदा चिकित्सकले ढिलासुस्ती गर्दा अस्पतालमा होहल्ला गरेपछि प्रशासनको दबाबमा शल्यपरीक्षण गरिएको बताए।
घटना बिहान साढे ६ बजेको हो र शल्यपरीक्षणको लागि दिउँसो साढे १२ बजे अस्पतालमा कागजात पु–याएकोमा विवादपछि साँझपख शल्यपरीक्षण भएको स्थानीय नासिर अन्सारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here