प्रस, वीरगंज, २० चैत/
नेपाल पत्रकार महासङ्घ, प्रदेश २ को निर्वाचनका लागि उम्मेदवारहरूले बिहीवार उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयुक्त संयोजक रामभरत साहले प्रदेश २ को अध्यक्ष पदका लागि जीतेन्द्रप्रसाद सिंह, नवलकिशोर यादव र राजेशकुमार कर्ण गरी तीनजनाको उम्मेदवारी परेको बताए।
त्यस्तै, उपाध्यक्षमा बृजलाल पासवान, राजु विश्वकर्मा र रामानन्दप्रसाद गुप्ताको उम्मेदवारी दर्ता भएको छ भने महिला उपाध्यक्षमा ज्योति झा, नेहा झा, मालाकुमारी कर्ण र रेणुकुमारी चौधरी गरी चारजनाले उम्मेदवारी दिएका छन्।
महासचिवमा श्याम बन्जारा, अशोक तिवारी, धु्रव साहले उम्मेदवारी दिएका छन्। महासचिवका तीनजना पत्रकार वीरगंजका हुन्।
सचिवमा अजीतकुमार सिंह (खुला), आलोक पाण्डे (खुला), जीतलाल श्रेष्ठ (समावेशी), उपेन्द्रप्रसाद यादव (समावेशी), कमलकुमार उपाध्याय (खुला) र भोला पासवान (समावेशी)ले उम्मेदवारी दिएका छन् भने कोषाध्यक्षमा विश्वनाथ ठाकुर, मनोजकुमार मिश्र, रमेश सुवेदी र शैलेन्द्रकुमार महतो गरी चारजनाले उम्मेदवारी दिएका छन्।
खुल्ला सदस्य ५ पदका लागि शैलेन्द्र झा, अनिलकुमार तिवारी, दीपकप्रसाद गौतम, नवीन सिंह, बैधनाथ चौधरी, मनोज तिमल्सिना, महेश्वर अधिकारी, रमेश सिंह, अजयकुमार साह, ललनकुमार साह, सन्तोषकुमार सिंह र त्रिलोकीनाथ यादव गरी १२ जनाले उम्मेदवारी दिएका छन्।
महिला सदस्य ३ पदका लागि लक्ष्मी खरेल, प्रतिभा झा, सुधा देव, सपना ढकाल, सरिता चौधरी र वरुणा यादव गरी ६ जनाले उम्मेदवारी दर्ता गराएको आयुक्त साहले बताए। मधेसी सदस्य २ पदका लागि धनवीर महतो, नवीन मिश्र, सञ्जयकुमार राउत गरी तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, आदिवासी जनजाति २ सदस्य पदका लागि उदयकुमार दास थारू, रोयान्टर मण्डल र शड्ढर श्रेष्ठ गरी तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्।
दलित सदस्य १ पदको लागि कैलाश दास, वीरेन्द्र विश्वकर्मा र रामएकबाल महरा तथा अल्पसङ्ख्यक सदस्य १ पदका लागि ग्याँसुमियाँ देवान, प्रभाषचन्द्र कर्ण र हदिश खुद्दारले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयुक्त संयोजक साहले बताए।