प्रस, जीतपुर, १८ चैत/
२०६३/६४ मा जन्मको आधारमा स्थायी बासिन्दाहरूलाई नागरिकता वितरण गरियो तर तिनका सन्तानले अहिलेसम्म सहजरूपमा नागरिकता पाएका छैनन्। जन्मसिद्ध नागरिकका छोराछोरी नागरिकता नहुँदा उच्च शिक्षा, प्राविधिक शिक्षासहित स्वदेश तथा विदेशमा रोजगारबाट वञ्चित हुनुपरेको छ।
एकजना युवकका अनुसार २०३५ सालमा हजुरबुबाले गृह मन्त्रालय, काठमाडौंबाट अङ्गीकृत नागरिकता पाए र सो नागरिकता पाएपछि उनका काकाले वंशजको नाताले इलाका प्रशासन कार्यालय सिमराबाट नागरिकता पाएर अहिले वैदेशिक रोजगारमा छन् भने हजुरबुबाले नागरिकता पाउनुभन्दा अघि युवकका बुबाले जन्मको आधारमा इलाका प्रशासन कार्यालय, सिमराबाट २०६३/११/२८ गते जन्मसिद्ध नागरिकता पाए। त्यसपछि युवकका आमाले पनि वैवाहिक नागरिकता पाइन्। तर हालसम्म पनि छोराले नागरिकता नपाएको भन्दै उनले गुनासो गरेका छन्।
सहज नागरिकता पाउनको लागि युवकले इलाका प्रशासन कार्यालय, सिमराविरुद्ध उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजमा परमादेश मुद्दा दायर गरेको पीडित युवकले बताए। अदालतका न्यायाधीश महेशप्रसाद पुडासैनी र शान्ता सेढाईं सापकोटाको फैसलाबमोजिम नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सिफारिसलगायत अन्य प्रमाण कागजातहरू ल्याइ सम्बन्धित कार्यालयमा आवेदन दिएमा सो सम्बन्धमा आवश्यक निर्णय निकास दिनु भनी विपक्षीमध्ये इलाका प्रशासन कार्यालय, सिमराको नाममा परमादेश जारी गरेको थियो। तर इलाका प्रशासन कार्यालय, सिमराका प्रमुख लक्ष्मण ढकालले यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालय बारा, कलैयामा युवकलाई पठाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here