प्रस, सिम्रौनगढ, १० चैत/
सिम्रौनगढमा जियो फिजिक्स सर्भे शुरू भएको छ। डुरान युनिभर्सिटी (युके)ले यो सर्भे शुरू गरेको हो।
यो सर्भेले जमीनमुनि रहेका पुरातात्विक सम्पदा, वास्तुकलाको बारेमा पत्ता लगाउने बताइएको छ। प्रसिद्ध ऐतिहासिक, पर्यटकीय तथा धार्मिक स्थलमा बाराको सिम्रौनगढ सूचीकृत छ। यसैले युनिभर्सिटीको टोली अनुसन्धानको लागि आएको हो। पुरातत्वविद् डा डुक्सन रेले, डा मार्क मानुअल, नेपाल पुरातत्व विभागका सिनियर पुरातत्वविद् डा देवेन्द्रनाथ तिवारी, डा विष्णुप्रसाद पाठक र डा अजयराज सिंहको टोलीले सर्भे गर्दैछ।
सिम्रौनगढको चारैतिर रहेको सुरक्षा पर्खालको घेराभित्रका पुरातात्विक वस्तुहरूको खोजी गरिने बताइएको छ। सोको लागि टोलीले एक्स–रे मेशिनको प्रयोग गर्दैछ। ठाउँ–ठाउँमा एक्स–रे मेशिनको प्रयोग गरेर पुरातात्विक वस्तुहरूको खोजी भइरहेको स्थानीय रञ्जीत कुशवाहाले बताए।
सिम्रौनगढ–१ ननसागरा ढाट र खजानीस्थित सशस्त्र प्रहरीको बिट रहेको पिपरपाती क्याम्पनजीक, सिम्रौनगढ–४ हरिहरपुरस्थित कमलेश्वर महादेव मन्दिर क्षेत्र, वडा नं ७ कमलपुरस्थित बाँसबारी क्षेत्र, वडा नं ६ मा रहेको डढेको चामल क्षेत्रमा सर्भे भइरहेको पुरातत्व विभाग नेपालका वरिष्ठ पुरातत्वविद् डा तिवारीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here