प्रस, वीरगंज, ९ चैत/
वीरगंज महानगरपालिकाले शैक्षिक क्षेत्रमा हस्तक्ष्Fेप गरेको भन्दै नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशन, पर्साले विरोध जनाएको छ।
फेडरेशनका अध्यक्ष लक्ष्मणप्रसाद साहले विज्ञप्ति जारी गरी विद्यालयको खातामा रकम जम्मा गरी शीर्षक अनुसार खर्च गर्नुपर्ने र सोको अनुगमन गर्नुपर्नेमा महानगरले हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आफैंले सामान खरीद गर्ने र विद्यालयमा बुझाएर सोबापत चेक लिने गरेकोमा आपत्ति जनाएका हुन्।
अध्यक्ष साहले वीरगंज महानगरपालिकाका विद्यालयहरूमा सञ्चालित दिवाखाजाको रकम पनि विद्यालयलाई नदिएर दिवाखाजा टेन्डरमार्फत ठेकेदारलाई सुम्पिएकोमा आपत्ति जनाए। उनले सो रकम सम्बन्धित विद्यालयको खातामा पठाएर दिवाखाजा व्यवस्थित गर्न आग्रह गरे।
यसैगरी शिक्षकहरूको अधूरो दरबन्दी मिलान, विषयगत, तहगत र विद्यार्थी सङ्ख्याको आधारमा शिक्षकहरूको दरबन्दी कायम गर्न आग्रह गरे। आग्रहलाई बेवास्ता गरिए आन्दोलनमा उत्रन बाध्य हुने उनले चेतावनी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here