प्रस, सिम्रौनगढ, ९ चैत/
सिम्रौनगढ नगरपालिका–६ स्थित प्रीति हार्डवेयरबाट गएराति लाखौं नगद चोरी भएको छ। इलाका प्रहरी कार्यालय, सिम्रौनगढनजीक रहेको हार्डवेयर पसलबाट गएराति चोरहरू भेन्टिलेशनबाट पसेर १६ लाख ५० हजार रुपैयाँ नगद चोरी गरेको हार्डवेयर पसलका सञ्चालक राकेश कुशवाहाले बताए। उनले चोरहरूले काउन्टरको दराजमा राखेको साढे १६ लाख नगद चोरी गरेको बताए। सिम्रौनगढ नपा–३ नैकाटोल निवासी कुशवाहाले इप्रका सिम्रौनगढअगाडि हार्डवेयर पसल सञ्चालन गर्दै आएका छन्। पसल प्रहरी कार्यालयअगाडि भएकै कारण चोरी हुने सम्भावना नदेखेर उनले पार्टीलाई भुक्तानीको लागि आएको रकम पसलमैं राखेको बताए।