प्रस, वीरगंज, ११ फागुन/
पोखरिया सामुदायिक पुस्तकालय सञ्चालनको जिम्मा लिएको पोखरिया नगरपालिकाले लापरवाही गर्दा पुस्तकालय बन्द भएको छ।
रिड नेपालको आर्थिक सहयोगमा पोखरियामा सञ्चालित सामुदायिक पुस्तकालय स्तरोन्नति गर्ने प्रतिबद्धताका साथ नगरपालिकाले सम्झौता गरेर २०७६ मङ्सिर १५ गते आफ्नो जिम्मामा लिएको थियो तर नगरपालिकाले
जिम्मा लिएको पाँच महीनापछि पुस्तकालय बन्द भएको थियो र त्यहाँ नगरपालिकाका विभिन्न शाखा सञ्चालनमा रहेका छन्।
पुस्तकालय सञ्चालन हुँदा भएका सामानहरू जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक आधारभूत नमूना विद्यालय पोखरियाको एउटा कोठामा थन्काइएको छ। करीब रु ५५ लाखको सामुदायिक पुस्तकालयका यान्त्रिक तथा पुस्तक, फर्निचरहरू विद्यालयको कोठामा थन्काइएको कारण बिस्तारै काम नलाग्ने अवस्थामा पुगेको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष्F भरत गिरीले बताए। उनले नगरपालिकाले समुदायिक पुस्तकालयको स्तरोन्नति गर्ने प्रतिबद्धताका साथ सम्झौता गरेकोमा पुस्तकालय बन्द गरेर सो ठाउँमा नगरपालिकाको स्वास्थ्य पञ्जीकरण, रोजगार, प्रशासन, आर्थिक शाखा सञ्चालन गरेको बताए।
विद्यालयका प्रअ व्यास महतोले एक हप्ताको लागि कक्षा कोठामा सामुदायिक पुस्तकालयका सामानहरू राखिएकोमा अहिले आठ महीना बितिसक्दा पनि कक्षा कोठा खाली नगरिएको बताए। उनले कक्षा कोठा खाली नगर्दा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here