प्रस, पर्सागढी, १० फागुन/
पर्सागढी नगरपालिकाको तीनवटा वडामा रहेका दलितहरूलाई राहत वितरण गरिएको छ।
आसमान नेपाल, स्ट्रिट चाइल्ड नेपाल र जानकी महिला सशक्तीकरण (जवास)को सहयोगमा खाद्यान्न वितरण गरिएको हो।
आइतवार वडा नं ५, ६ र ७ मा रहेका दलितहरूलाई राहत वितरण गरेपछि नगरपालिकामा राहत वितरणको कार्य सकिएको छ। संस्थाले पर्सागढीको १ देखि ९ वडामा गत बुधवार फागुन ५ गतेदेखि राहत वितरण शुरू गरेको थियो। पूरै वडामा ३ सय ९६ जना दलितलाई राहत उपलब्ध गराइएको थियो। लकडाउनपछिको समयमा पनि रोजगारबाट वञ्चित भएको र दैनिक जीवनयापन गर्न समस्या भएको कारण तत्वा, डोम, मुसहर जातिका दलितहरूलाई राहत वितरण गरिएको आसमान नेपालका इमर्जेन्सी अफिसर धर्मेन्द्र चौरसियाले बताए।प्रतिपरिवार चामल २५ किलो चामल, दाल ५ किलो, नून ३ प्याकेट, तेल ३ लिटर, चना २ किलो सहयोग गरिएको इमर्जेन्सी अफिसर चौरसियाले बताए। समापन कार्यक्रममा उपप्रमुख अर्चना चौधरी, वडाध्यक्ष असलम आलम, वडा सदस्य सतिया देवी, जवासका शिवनाथ यादव, स्ट्रीट चाइल्डका अरूण कोजु, कञ्चन मगरलगायतको सहभागिता थियो।