प्रस, पोखरिया, ७ फागुन/
पोखरिया नगरपालिका–८ जगतपुरदेखि गर्दौलसम्म ग्रेभल सडक निर्माणको लागि शुक्रवार शिलान्यास गरिएको छ।
पूर्वसांसद हरिनारायण रौनियारले शिलान्यास गरेको कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, नगरप्रमुख दीपनारायण रौनियार, उपप्रमुख सलमा खातुन, वडाध्यक्ष किशोरी साह, जसपाका केन्द्रीय सदस्य निजामुद्दीन समानीलगायतको सहभागिता थियो।
सो सडकखण्डमा प्रदेश सरकारले माटो पुरी ग्रेभलका लागि रु २० लाख विनियोजन गरेको हुँदा शिलान्यास गरिएको जसपाका केन्द्रीय सदस्य समानीले बताए।
३ सय मिटर लामो सो सडकखण्ड निर्माणका लागि शिलान्यास गरिएको नेता समानीले बताए।