प्रस, वीरगंज, ७ फागुन/
    बाराको कलैया उपमहानगरपालिका–७ स्थित दुर्गा नमूना मावि बरेवामा दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम भएको छ।
    दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मञ्च तथा जनजागरण सामाजिक संस्थाले आयोजना गरेको कार्यक्रमको अध्यक्षता बृजप्रसाद चौधरीले गरेका थिए। कार्यक्रममा प्रहरी निरीक्षक कञ्चन राजचल, सहायक प्रधानाध्यापक तेजीलाल साह, मञ्चका उपाध्यक्ष प्रकाश थारू, जागरण सामाजिक संस्थाका अध्यक्ष जीतेन्द्र पासवान, सामाजिक विकास समितिका सचिव बृजकिशोर साह, सुरेन्द्र यादव, शिवम् मेहता, नर्मदा श्रेष्ठलगायतको सहभागिता थियो।
    सो अवसरमा सहभागी छात्रहरूले आआफ्नो अभिभावकलाई दाइजोको लागि दबाब नदिन तथा लिंदै नलिन आफूहरूले दबाब दिने बताए। उनीहरूले दाइजो नलिने सवालमा हामीलाई भन्दा अभिभावकहरूलाई दबाब दिन कार्यक्रम आयोजकलाई आग्रह गरे। कार्यक्रममा लालबाबू सिंहले स्वागत र कन्हैया पटेलले सहजीकरण गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here