प्रस, वीरगंज, १९ माघ/
    नेपाली काङ्ग्रेसले देशव्यापीरूपमा भ्रातृ सङ्गठनमार्फत सोमवार विरोध प्रदर्शन गरेकोमा पर्सामा पनि दलित सङ्घले प्रदर्शन गरेको छ।
    वीरगंज महानगर–१३ पावरहाउसचोकमा दलित सङ्घ पर्साको आयोजनामा संसद् विघटनविरुद्ध आधा घण्टा धर्ना कार्यक्रम सम्पन्न भएको थियो । धर्ना, प्रदर्शनपछि दलित सङ्घ पर्साका अध्यक्ष्F छठु माझीले प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् विघटन गरेर गैरसंवैधानिक काम गरेको बताए। उनले प्रधानमन्त्रीको सो कदम अलोकतान्त्रिक भएको र नेपाली काङ्ग्रेसले सोको विरुद्ध संसद् पुनस्र्थापनाको पक्षमा आन्दोलन जारी राखेको बताए। उनले संसद् विघटनविरुद्ध सबैलाई एकजुट भएर विरोध गर्न आग्रह गरे।
    विरोध कार्यक्रममा नेकाका केन्द्रीय सदस्य अजय चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य, क्षेत्रीय सभापति अरविन्द गुप्ता, रूपा श्रेष्ठ, गोमा उपाध्याय, मनोज महतो, उत्तमा प्याकुरेल, कोपिला चौरसिया, दिलीपराज कार्कीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here