प्रस, वीरगंज, १९ माघ/
विदेशी रुपैयाँको कारोबार भइरहेको सूचनाको आधारमा पर्सा प्रहरीले वीरगंज महानगरपालिका–९ घण्टाघरस्थित मनोकामना मनि चेन्जरमा छापा मारेर भारु, नेरुसहित मनि चेन्जरका सञ्चालक गोपाल सोनारलाई पक्राउ गरी आवश्यक कारबाईका लागि राजस्व अनुसन्धान विभाग पथलैया एकाइ कार्यालय चलान गरेको छ।
हिजो दिउँसो छापा मार्दा सो मनि चेन्जरबाट भारु ५ लाख ८४ हजार १ सय र नेरु ३ लाख ९२ हजार ९० बरामद भएको प्रहरीले जनाएको छ।
सोनारको मनोकामना मनी चेन्जरबाट भारु ५ सयको १११५ थान (५ लाख ५७ हजार ५ सय), भारु २०० को ७० थान (१४ हजार ), भारु १०० को ४१ थान (४ हजार १ सय), भारु ५० को १७० थान (८५ सय) गरी जम्मा भारु ५ लाख ८४ हजार १ सय फेला परेको थियो। त्यसैगरी, नेरु १००० को नोट २४० थान (२ लाख ४० हजार), रु ५०० को २७० थान (१ लाख ३५ हजार), रु १०० को ८५ थान (८ हजार ५ सय), रु ५० को १३८ थान (६ हजार ९ सय), रु २० को ४५ थान (९ सय), रु १० को नोट ५१ थान (५ सय १०) र रु ५ को ५६ थान
(२ सय ८०) गरी कुल रु ३ लाख ९२ हजार ९० बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रनाउ मनोजीत कँुवरले बताए। उनले बरामद रकम र पक्राउ परेका सोनारलाई आवश्यक कारबाईका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको जानकारी गराएका छन्।