प्रस, रौतहट, १९ माघ/
घरेलु तथा साना उद्योग कार्यालय गौरको तालीम भवनको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश यादवले शिलान्यास गरेका छन्।
करीब २६ लाख रुपैयाँको लागतमा भवन निर्माण भइरहेको अधिकृत जयकान्त झाले बताए। उनले निर्माणपश्चात् आफ्नै भवनमा तालीमको आयोजना गरिने बताए।
कार्यक्रममा सांसद अनिलकुमार झालगायतको उपस्थिति थियो।