रौतहट, १९ माघ/रासस
    राजदेवी नगरपालिकाका उपप्रमुख अंशुु सिंहले नगरप्रमुख धीरेन्द्र सिंहले एकलौटीरूपमा नगरसभा गरेको आरोप लगाएकी छन्।
    आफूसँग कुुनै छलफल नै नगरी भ्रष्टाचार गर्ने मनस्थितिले प्रमुख सिंहले एकलौटीरूपमा बन्द कोठाभित्र नगरसभा गरेको यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले सो आरोप लगाएकी हुन्।
    राजदेवी नगरपालिकाको पाँचौं नगरसभा शनिवार नगरपालिकाको कार्यालयभित्र बन्द कोठामा सम्पन्न भएको थियो। खुुला ठाउँमा पारदर्शी ढङ्गले नगरसभा गर्न आफूले पटकपटक आग्रह गर्दा पनि आफ्नो कुरालाई अटेरी गर्दै प्रमुख सिंहले बन्द कोठाभित्र नगरसभा गरेको उनको भनाइ थियो।
    एकलौटीरूपमा कार्यपालिका सदस्यलाई बोलाएर प्रमुख सिंहले बैठक गरेको र आफूखुशी नीति तथा कार्यक्रममाथि छलफल गरी घरघरमा पुुगेर हस्ताक्षर गराएकोे बताउँदै उनले गत आर्थिक वर्षको बजेट तथा कार्यक्रममाथि कुुनै छलफल नभएको र आफूसँग कुुनै छलफल नगरी नगरप्रमुखले एकलौटीरूपमा आफूखुुशी योजना ल्याएर नगरसभाबाट जबरजस्ती पास गराएको आरोप लगाइन् ।
    नगरसभामा गएर आफूले आफ्ना कुुरा राख्न चाहेको भएपनि प्रमुखले आफूलाई प्रवेशसमेत गर्न नदिएको दुःखेसो व्यक्त गर्दै उनले स्थानीय सरकार सञ्चालन गर्न बनेको ऐन, नीति तथा कानूनविपरीत आफूलाई बाइपास गरी नगरसभा गरेकोमा आपत्ति जनाइन्।
    नगरप्रमुख सिंहले नीति तथा कार्यक्रमबारे छलफल गर्न कार्यपालिका बैठकमा उपप्रमुखलाई बोलाउँदा नआएको बताए। आफूले सबै कार्यपालिका सदस्यको सहमतिमैं नीति तथा योजना ल्याइ नगरसभा गरेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here