प्रस, पोखरिया, १३ माघ/
स्थानीय तह गठनपछि कृषि विकास कार्यालयबाट प्रदान गरिने सेवाबाट किसानहरू प्रभावित भएका छन्।
कृषि विकास कार्यालय छँदा किसानहरूले मलखाद, बीउ पाउनुका साथै तालीम र आधुनिक खेतीतर्फ उन्मुख भएका थिए। तर स्थानीय तह गठनपछि कृषि विकास कार्यालय कृषि ज्ञान केन्द्रमा परिणत भएको र सरकारले ज्ञान केन्द्रमा पूर्ववत्रूपमा उपलब्ध गराउनुपर्ने बजेट उपलब्ध नगराएको र स्थानीय पालिकाले पनि केन्द्रको लागि छुट्टै बजेट विनियोजन नगरेको कारण अहिले कृषि ज्ञान केन्द्र चौधवटै पालिकामा प्रभावहीन भएको छ।
पोखरिया नगरपालिकामा रहेको कृषि ज्ञान केन्द्रका नायब प्राविधिक सहायक राजेश साहले बजेट नभएको कारण किसानहरूलाई सेवा दिन नसकेको बताए। उनले अहिलेसम्म आफू कार्यालयमा आउने, हाजिरी गर्ने र जाने काम मात्र भइरहेको बताए। कार्यालयमा आएर कृषिसम्बन्धी सूचना लिने काम नगन्य मात्रा भएको बताए। कहिलेकाहीं किसानहरू आक्कलझुक्कल आउने गरेको उनले बताए। ज्ञान केन्द्रले किसानहरूलाई मल, बीउ उपलब्ध गराउन नसकेको र तालीम दिएर आधुनिक खेतीतर्फ आकर्षित गर्न नसकेको कारण किसानहरूको आकर्षण कार्यालयप्रति कम भएको उनले बताए।
पोखरिया नपा–५ का हरिन्द्र महतो चाइले कृषि ज्ञान केन्द्रमा भन्दा अहिले किसानहरू स्थानीय कीटनाशक पसलबाट सल्लाह लिने गरेको बताए। उनले कृषिसम्बन्धी सबैखाले समस्याका बारेमा कीटनाशक पसलबाटै सल्लाह लिने र सोहीअनुरूप औषधि किन्ने गरेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here