प्रस, सेढवा, ६ माघ/
जीराभवानी गाउँपालिकाले मङ्गलवारदेखि अपाङ्गता परिचयपत्र वितरणको लागि गापामा घुम्ती शिविर सञ्चालन गरेको छ।
गापा उपाध्यक्ष्F उषादेवी थरुनीको संयोजकत्वमा आज वडा नं १ महादेवपट्टि स्वास्थ्य चौकीमा अपाङ्गता परिचयपत्र वितरण शुरू भएको हो। साहिलकाजी थारूलाई पहिलो परिचयपत्र वितरण गरेर उपाध्यक्ष थरुनीले कार्यक्रमको शुभारम्भ गरिन्।
गापाले अपाङ्गतासम्बन्धी ऐन २०७७ बमोजिम पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता र साधारण अपाङ्गता गरी चार किसिमको परिचयपत्र अपाङ्गहरूलाई वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए। उनले गापा अन्तर्गतका अपाङ्ग राज्यबाट पाउने सेवाबाट वञ्चित नहोस् भनी वडास्तरमा घुम्ती शिविर आयोजना गरी परिचयपत्र वितरण गरिएको बताए।
घुम्ती शिविरमा पूर्ण अशक्त अपाङ्गता भएका ९, अति अशक्त अपाङ्गता भएका १७, मध्यम अपाङ्गता भएका ८ र साधारण अपाङ्गता भएका १३ गरी ४७ जना अपाङ्गलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो।
घुम्ती शिविरमा डा दीपेन्द्रकुमार मण्डल, डा मृगेन्द्रसिंह यादव, डा दीपिका सिंह र डा रोशनी आचार्यले अपाङ्गहरूको स्वास्थ्य परीक्ष्Fण गरी वर्गीकरण अनुसार परिचयपत्रको लागि सिफारिश गरेका थिए।
यसअघि, अपाङ्ग परिचयपत्रको लागि गापाका अपाङ्गहरू वीरगंज धाउनुपर्ने बाध्यता थियो। कतिपय अपाङ्गहरूले वीरगंज धाउनुपर्ने झन्झटका कारण परिचयपत्र बनाएका थिएनन् भने कतिपयले बनाउँदा पनि त्रुटि हुने गरेको कारण सास्ती भोग्नुपरेको थियो। पालिकामैं परिचयपत्र वितरण गरिएपछि यहाँका अपाङ्गहरू खुशी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here