धर्मेन्द्र चौरसिया, पोखरिया, २२ पुस/
प्रदेश नं २ सरकारको प्रदेश हरित कार्यक्रम अन्तर्गत पोखरिया नगरपालिकामा गरिएको वृक्षरोपण अहिले हेरचाहको अभावमा नष्ट हुँदैछ।
प्रदेश सरकारले गत आवमा पोखरिया नगरपालिकामा प्रदेश हरित कार्यक्रम अन्तर्गत सयवटा बिरुवा रोपेको थियो भने यस वर्ष चार सय बिरुवा रोपेको छ।
डिभिजन वन कार्यालय पर्साले बिरुवा र छेकबारका लागि तारजाली तथा पोखरिया नपाले सोको हेरचाह, रङरोगन गर्ने सहमतिमा वृक्षरोपण गरिएको जसपाका नेता निजामुद्दीन समानीले बताए।
पोखरिया नपा–४ पोखरिया, ५ सतवरिया, ७ गोविन्दपुर र ९ को सेमरवारी तथा बैरियामा ५ सय बिरुवा रोपिएको थियो। अहिले ती बिरुवाहरू नष्ट हुँदैछन्। हेरालु नराखिएको र मलजल नगर्दा संरक्षणको अभावमा रोपिएका वृक्षहरू एकपछि अर्को नष्ट हुँदैछन्।
बिरुवाको संरक्षण नभएपछि बिरुवा मरेको र छेकबार गरिएको तारजालीमा अहिले बालबालिका, महिलाहरूले कपडा सुकाउने, बाख्रा बाँध्ने गर्दै आएका छन्।
पोखरिया नपाका प्रमुख दीपनारायण रौनियारले नगरपालिकाले वृक्षरोपणको लागि कुनै दायित्व वहन गर्ने सम्झौता नगरेको बताए। उनले आफ्नो क्षेत्रमा वृक्षरोपण गरिएकोले सोको संरक्षण गर्ने नैतिक दायित्व पूरा गर्ने बताए। उनले तुरुन्तै बिरुवा संरक्षणको व्यवस्थापनमा लाग्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here