प्रस, वीरगंज, ८ पुस/
नेपाल–भारत सिल सीमा खुला गर्नुपर्ने माग गर्दै आन्दोलनरत खुला सीमा संवाद समूहले गर्दै आएको अनिश्चितकालीन धर्ना कार्यक्रम तत्काललाई स्थगित गरिएको समूहका संयोजक कृष्ण पटेलले बताए।
नेपाल सरकारले कोरोना भाइरसका कारण लकडाउन लगाएपछि २०७६ चैत ११ गतेदेखि नेपाल–भारत खुला सीमा सिल गरेको थियो। भारतले कात्तिक ६ गतेदेखि आफ्नो सीमा खुला गरे पनि नेपाल सरकारले अहिलेसम्म सीमा खुला गरेको छैन। सीमा खुला गर्न माग गर्दै खुला सीमा संवाद समूहले २२ दिनसम्म वीरगंज भन्सार कार्यालयअगाडि अनिश्चितकालीन एक घण्टे धर्ना दिंदै आएको थियो।
समूहका संयोजक कृष्ण पटेलले देशको बदलिंदो राजनीति परिस्थितिको कारण धर्ना कार्यक्रम तत्कालका लागि स्थगित गरिएको र खुला सीमाबारे सचेतना कार्यक्रम चलाएको बताए। उनले छपकैया, अलौं क्षेत्रमा खुला सीमा सम्बन्धमा सचेतना कार्यक्रम गरेको जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here