प्रस, सप्तरी, ३० मङ्सिर/
सप्तरीको पश्चिमी क्षेत्र सुरुङ्गा नगरपालिका वडा नं १ चहका टोलका बासिन्दालाई राहत वितरण गरिएको छ। जङ्गली हात्तीबाट पीडित ३६ दलित परिवारलाई नगरपालिकाका अध्यक्ष मुक्तिनाथ चौधरीले राहत वितरण गरेका हुन्। उनीहरूलाई प्रतिपरिवार २५ किलो चामल, भुजा पाँच किलो, खानेतेल एक लिटर, नून एक किलो, दाल दुर्ई किलो, कम्बल एक थान वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले जानकारी दिए। केही दिनअघि कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले स्थानीय करिया सदा, जतरू सदा, रामलोचन सदा, टुरा सदा, बौका सदा, मञ्जय सदा, रामदेव सदा, लक्ष्मण मण्डल, श्यामसुन्दर सदासहितका घर भत्काएको थियो। हात्तीले उनीहरूको घर तोडफोड गर्नुका साथै अन्नपात नष्ट गरिदिएपछि पीडित परिवार बिच्चलीमा परेका थिए। केही दिनयता कोशीटप्पु वन्यजन्तु आरक्षबाट बस्तीमा प्रवेश गर्ने हात्तीको बथानले जिल्लाका विभिन्न क्षेत्रमा आतङ्क मच्चाउँदै आएको छ।