प्रस, वीरगंज, २ कात्तिक/
    नारायणी अस्पतालमा अत्याधुनिक अक्सिजन प्लान्ट निर्माण गर्ने सहमति भएको छ।
    आइतवार सांसद विमलप्रसाद श्रीवास्तवको निवासमा सर्वपक्षीय छलफलमा भएको थियो। अक्सिजन प्लान्ट निर्माणपछि हरेक शय्यामा पाइपको माध्यमले अक्सिजन पास हुने र आवश्यकता नभएपछि बन्द हुनेछ। स्वतः अक्सिजन उत्पादन र वितरण हुने यो प्रविधिले अन्यत्रबाट अक्सिजनको सिलिन्डर मगाउन नपर्ने बताइएको छ।
    सांसद श्रीवास्तवको संसदीय विकास क्षेत्र कोषबाट रु २ करोड र अपुग रकम वीरगंज महानगरपालिकाले दिने नगरप्रमुख विजयकुमार सरावगीले बताए।
    छलफलमा नगरप्रमुख सरावगी, नेपाली काङ्ग्रेसका सभापति अजय द्विवेदी, प्रदेशसभा सदस्य भीमा यादव, जसपा, पर्साका अध्यक्ष रामनरेश यादव, अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभ, मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुर, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जारालगायत सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here